फाइनल प्रवेशका लागि समूह बीको उपविजेतासँग खेल्ने

|
Photo : Asian Cricket Council

काठमाडौं : शतप्रतिशत जितका साथ समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गर्‍यो। हारका बाबजुत् पनि सिंगापुर समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ। उसले यसअघिका दुवै खेलमा जित हात पारेको थियो।

सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। सन्दीप सुनार २०, अनिल साह १८ तथा आशिफ शेख ६ रन जोडेर आउट भएको खेलमा सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रनमा समेटिएको थियो। सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा पवन शर्राफले ६, किशोर महतोले २ तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

यसअघि नेपालले थाइल्याण्डलाई २५५ रन तथा भुटानलाई ९ विकेटले पराजित गरेको थियो।

नेपालले अब समिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ। समूह बीबाट हङकङ र मलेसिया सेमिफाइनल पुगिसके पनि समूह विजेताको टुंगो लगाेको छैन। यी दुई टोलीबीचको खेलमा विजयी हुनेले सिंगापुर तथा पराजितले नेपालसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.