|
जल्दै गरेको विद्यालय, जहाँ विद्यार्थी सुतिरहेका थिए।

मलेसियाको राजधानी क्वालालम्पुरको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बाल विद्यालयमा आगलागि भएको बीबीसीले जनाएको छ।

अधिकारिहरुका अनुसार तहफीज दारुल कुरान इत्तिफाकिया नामक शिक्षण विद्यालयमा भएको आगलागिमा यस आगलागीमा परी २३ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको हो। आगलागीमा मृत्यु हुनेमा अधिकांश १३ देखि १७ बर्षका रहेको जनाइएको छ।

आगो नियन्त्रक विभागका निर्देशक खिरुद्दीन दुहरामले भने, 'मृतकमा २३ बच्चा र २ वार्डेन रहेका छन्।' घाइतेहरुलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ। घाइतेले धुवाका कारण स्वासप्रस्वासमा समस्या भएको देखिएको छ।

बुधबार बिहान मर्निङ वाकमा हिँडिरहेका स्थानीयले विद्यालयको छतबाट आगो र धुवाँको मुस्लो देखेका थिए। साथै उनीहरुले स्कुल भित्रबाट बालकहरुले बचाउ बचाउ भन्दै रोइरहेको आवाज सुनेको बताएका छन्। त्यसपछि मात्रै अग्नीनियन्त्रक र प्रहरीलाई खबर गरेका थिए।

आगलागीबाट नष्ट भएको विद्यार्थी सुतेको कोठा।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु भएको बताएको छ। प्रहरीले जारी गरेको अनुसन्धानको प्रारम्भिक विवरणमा उक्त विद्यालय भवनमा विद्युत सर्ट भएका कारण आगो लागेको हुनसक्छ। उक्त आवासीय विद्यालयमा बालकहरु सुतिरहेको बेला आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सरकारी अधिकारीहरुका अनुसार यो २० वर्षयताको मलेसियामा भएको सबैभन्दा ठूलो आगलागीको घटना हो। केही समय यता देशमा लगायतार आगलागीका घटना आइरहेका बेला मलेसिया सरकारले निजी स्कुलमा भएको सुरक्षा प्रबन्धप्रति चिन्ता जनाएको थियो।

आगलागिबाट विद्यार्थीहरुको मृत्यु भएकोलमा मलेसियाका प्रधानमन्त्री नजीब रज्जाकले समवेदना प्रकट गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.