|

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार-प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले सबैजसो स्थानीय तहमा कांग्रेस विजयी हुने दाबी गरे। धेरैजसो स्थानीय तहमा अत्याधिक बहुमत ल्याएर विजयी हुने अवस्था निर्वाचन अभियानमा क्रममा पाइएको लेखकले जानकारी दिए।

मधेसमा एमालेविरोधी भावना स्थापित भएको र संविधानमा मधेसको भावनालाई समेटने पहल, प्रयत्न र नेतृत्व गरेकै कारण कांग्रेस पहिलो शक्ति बन्ने आधार बनेको उनको जिकिर छ।

कांग्रेसले मधेसको भावनालाई समेटेर संविधानको स्वीकार्यता बढाउने प्रयत्न गरिरहेको भन्दै उनले सोहीकारण जनमत कांग्रेसको पक्षमा देखिएको बताए। मधेसी जनताप्रति शत्रुतापूर्ण व्यवहार गरेकैले एमाले प्रदेश नम्बर २ मा कमजोर बनेको उनको भनाइ छ।

प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.