समाज

चुनाव लागेपछि घरेलु मदिराविरुद्ध प्रहरीको छापा, रक्सी बनाउन स्प्रिट र तेजाबसमेतको प्रयोग
SHARES

भदौ २९, २०७४

    जनकपुरधाम : लामो समयदेखि अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका जनकपुर उप–महानगरपालिका कुवाँ रामपुरमा छापा हान्ने क्रममा देखेको दृश्यले प्रहरी समेत आश्चर्यमा पर्‍यो। मदिरा राख्ने भाँडामा यूरिया मल मिसाएको, फोहोर, दुर्गन्धित र किरैकिरा भएको भाडाँमा रक्सी राखेको भेटिएको थियो। त्यस्तै भाँडोभित्र खतरनाक स्प्रिट एसिड, तेजाब, गोबर, प्लाष्टिक, जुत्ता र मोजाहरु मिसाएर घरेलु रक्सी बनाएको दृश्य देखिए।

    कुवाँ रामपुर बजारस्थित केही घरधुरीले बर्षौदेखि नै अवैध घरेलु मदिरा बनाउँदै आएका छन् र यसैलाई जीविकोपार्जनको मुख्य स्रोत बनाएका छन्। उनीहरुले आर्थिक प्रलोभनमा मानव जीवनसंग निकै ठूलो खेलवाड गरेको जिल्ला प्रहरी कार्यायका प्रहरी नायव निरीक्षक किस्मत भण्डारीले बताए। उनले भने “हामी छापा हान्न आउनुअघि नै उनीहरु भागे, मानिस पहिचान गरी पक्राउ गर्नेतिर हामी लागेका छौं, तत्काल पक्राउ परे नियमसंग कारवाही गर्छौं।'

    प्रदेश नं. २ मा हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले हाल जनकपुर उप–महानगरपालिकाका सहित अन्य क्षेत्रमा छापा हान्न सुरु गरेको छ।

    छापा हान्ने क्रममा भेटिएको तयारी अवैध मदिरा र दजर्नौ ड्रम, जर्किन, तसला, बाल्टिन घटनास्थलमै नष्ट गरेको छ। स्रोतका अनुसार घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरुले स्प्रिट, तेजाब, गोबर, प्लास्टिक, जुत्तामोजा र युरिया हाल्ने गर्छन्।  प्रहरी नायव निरीक्षक भण्डारीका केही निश्चित घरहरुमा एउटा घरभित्र दुईवटा वटा सम्म स–साना मदिरा उत्पादन भट्टी भेटिएको बताए।

    पूर्व–पश्चिम राजमार्गको छेउ–छेउमा धारापानी, पुष्पवलपुर, गणेशमान चारनाथ नगरपालिकाकाका केही वडाहरुमा अवैध रुपमा मादिरा उत्पादन गरी जनकपुर बजारमा भित्रिदै आएको छ। उत्पादित अवैध मदिरा बसहरुमा लोड भई जनकपुर लैजाने गरिन्छ। जनकपुरबाट क्रमशः भारतीय बजारसम्म पनि पुर्‍याइन्छ। व्यवसायिक रुपमै अवैध मदिरा उत्पादन गर्दै आएका स्थानीय वासिन्दाले मानव जीवनसंग ठूलो खेलवाड गरेकाले पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने प्रहरी नायव निरीक्षक भण्डारी बताउँछन्।

    घरेलु मदिरामा यूरिया र स्प्रिट एसिडको प्रयोगले मिर्गौलामा छिटो र प्रत्यक्ष असर पार्ने जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कल्पना बछार बताउँछिन्। “यसले मुटु, कलेजो, फोक्सो, आन्द्रा तथा मष्तिष्कमा समेत नराम्ररी असर गर्छ” उनले भनिन्।  यस किसिमका मिसावट भएको विषाक्त मदिराले तत्कालै ज्यान समेत जान सक्ने उनको भनाइ छ।

    यस अघि पनि प्रहरीले पटक–पटक अवैध मदिरा बनाउनेहरुलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा हान्ने कार्य गरिरहेपनि उत्पादनकर्ताले पेशा छाडेका छैनन्। 'आउँछन्, छापा हान्छन् २–४ लिटर पोखाउँछन्, सिल्टीको भाडा लान्छन, अरु के नै गर्छन” एक मदिरा उत्पादक महिलाले भनिन्। आफूहरुलाई जीवन निर्वाहको अन्य विकल्प नदिए सम्म यो पेशा नछाडिने उनीहरुको भनाइ छ।

    जिल्ला प्रहरी कार्यालयले स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता भएको दिनयता करिब ३ हजार ५ सय लिटर अवैध मदिरा नष्ट गरेको छ। गत भदौ २२ गते जनकपुर पिडारी चोकबाट २५० लिटर, २३ गते साँझ जनकपुरकै कुवाँ रामपुरबाट भट्टिमा उत्पादन गरिरहेको अवस्थामा २ हजार लिटर, ३४ गते वेङ्गा शिवपुरमा १ सय लिटर, २५ गते लक्ष्मिीनिया गाउँपालिकाको एक पसलमा १ सय लिटर र २७ गते जनकपुरको रामनन्द चोक भन्दा दक्षिण तर्फ एक पसलमा २०० लिटर अवैध मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]