|

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको तेस्रो चरणको चुनावी अभियानका क्रममा सत्ता संरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढेको भन्दै विरोध जनाएको छ। प्रदेश नम्बर २ को सप्तरी लगायतका जिल्लामा मतदातालाई आतंकित पार्ने प्रयास भएको भन्दै एमालेले त्यसलाई रोक्न सरकारसँग माग गरेको छ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका ४ मा एमालेबाट महिला सदस्य कुमारीदेवी सदालाई बुधबार राति साढे ८ बजे कुटपिट गरिएको भन्दै एमालेले खेद प्रकट गरेको छ। कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ गरेको भए पनि माओवादी केन्द्रका स्थानीय नेताहरुको दबाबमा छुटेको भन्दै एमालेले विरोध जनाएको छ। 

त्यस्तै सप्तरीमै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको गाडी रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिस भएको पनि एमालेले जनाएको छ। 

एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार भोलानाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको पनि एमालेले दावी गरेको छ। एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले यस्ता आतंकपूर्ण गतिविधि नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न सत्तारुढ दलको ध्यानाकर्षण गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.