|

पर्वत : पोर्चुगलमा रहेका जलजला गाउँपालिका ४ माझफाँटका हरिबहादुर जिसीको हत्या भएको छ। गएको मंगलबार राति धादिङ घर भएका अर्जुन सापकोटाले ४४ वर्षीय केसीलाई चक्कुले हानेको जिसीका भाई ओमले जिसीले जानकारी दिए।

मृतक जिसीको शव सेन्ट मारिया अस्पतालमा राखिएको र पोष्टमास्टर्मपछि परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने अस्पतालले जनाएको छ। सापकोटाको चक्कु प्रहारबाट मृतक जिसीका भाई ३८ वर्षीय ओम समेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका निवर्तमान अध्यक्ष भीम केसीले बताए।

एउटा चिनियाँ रेष्टुरेन्टमा ओमसँग विवाद गरेपछि साहुले अर्जुनलाई आइतबार कामबाट निकालिदिएको थियो। आफ्नो जागिर ओमका कारण गएको भन्दै मंगलबार राति करिब १२ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि सापकोटाले अन्धाधुन्ध चक्कु प्रहार गरेको निवर्तमान अध्यक्ष केसीले जानकारी दिए। मृतकका पत्नी र तीन वर्षीया छोरी पोर्चुगलमै छन् भने एक छोरी पर्वतमा छिन्। जिसीका तीन भाइमध्ये मृतक हरिबहादुर जेठा र घाइते ओम कान्छा हुन्। जिसी ५ वर्षअघि पोर्चुगल गएका थिए। घटनापछि फरार रहेका सापकोटालाई खोजी गरिरहेको पोर्चुगलको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.