|

उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका– २ मा खोलाले बगाउँँदा एकको मृत्यु भएको छ। 

बुधबार राती स्थानीय लामाले खोला तर्ने क्रममा खोलाले बगाउँदा ४५ वर्षका हिक्मत खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालयले बेल्टारले जानकारी दिएको छ।

बिहीबार स्कुले विद्यार्थीले खड्काको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। मृतकको शव पोष्ट मार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.