अर्थ

साल्ट ट्रेडिङले सुरु गर्‍यो तेलहन बालीका लागि छुट्टै मलको बिक्री
SHARES

भदौ २९, २०७४

    विराटनगर : सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले थप दुइ नयाँ मलको कारोबार सुरु गरेको छ। युरिया, डिएपी र पोटास मल बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङले एमोनियम सल्फेट र सिंगल सुपर सल्फेट मलसमेत बिक्री वितरण सुरु गरेको छ।

    यसअघि नेपाल सरकारले अनुदानमा दिएको युरिया, डिएपी र पोटास गरी तीन प्रकारको रासायनिक मल साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको थियो। लामो समयदेखि अनुदानमा बिक्री भइरहेको युरिया र डिएपीको मात्रै प्रयोगले माटो तथा बालीको लागि आवश्यक पर्ने सन्तुलित खाद्यतत्वहरु नास हुँदै गएकोले नयाँ मल बिक्री थालिएको हो।

    माटोको खाद्यतत्व सन्तुलनका लागि साल्ट ट्रेडिङले एमोनियक सल्फेट र सिंगल सुपर सल्फेट मल खरिद गरी बिक्री वितरण सुरु गरेको ट्रेडिङका परामर्शदाता भगवान खतिवडाले जानकारी दिए। एमोनियम सल्फेट एमोनियायुक्त नाइट्रोजनको भएकाले यसमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फर हुन्छ। विशेष गरी तेलहन बालीहरु तोरी, सर्स्यूं, सुर्यमुखी, तिल, आलसका लागि अन्य तत्वहरु भन्दा सल्फर अत्यावश्यक हुने कृषि विज्ञहरु बताउँछन्।

    त्यस्तै १६ प्रतिशत फस्फोरस रहेको सिंगल सुपर फस्फेट मल खाद्यान्न र तरकारी लगायतका सम्पूर्ण बालीका लागि उपयुक्त मानिएको छ। उक्त मलमा जिंक तथा बोरोनसमेत समावेश गरिएकाले माटोमा बढ्दै गएको अम्लियपना, क्याल्सियम, सल्फरको कमीलाइ पुरा गर्ने तथा धान, गहुँलगायतका खाद्यान्न बालीहरुको उत्पादकत्व बढाउने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले बताए।

    साल्ट ट्रेडिङले खरिद गरेको मल अञ्चल कार्यालय विराटनगरले बिक्री वितरण सुरु गरेको छ। उक्त नयाँ दुई मल साथै युरीया र अन्य मलहरुसमेत साल्ट ट्रेडिङमा पर्याप्त मात्रामा रहेको र कुनै अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नविनचन्द्र झाले बताए।

    साल्ट ट्रेडिङले यसअघि सहकारी संस्थाहरुलाई मात्रै अनुदानको मल युरीया, डिएपी र पोटास बिक्री वितरण गर्दै आएको थियो। जसले गर्दा साना किसान र बिक्री केन्द्रहरुले भारतबाट गुणस्तरहिन मल खरिद गर्नुपर्थ्यो। अहिले खरिद गरिएका मल भने सबै किसान र बिक्री केन्द्रलाई पनि वितरण गरिने झाले बताए।

    साल्ट ट्रेडिङसँग हाल युरिया १० हजार ६ सय ८, डीएपी २ हजार ७ सय ५७, पोटास २ सय २५, सिंगल सुपर सल्फेट २७ र एमोनियम सल्फेट १२ सय मेट्रिकटन मौज्दात रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]