|

काठमाडौँ: महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले सबै खालका बालबालिकाको अधिकारको प्रत्याभूति दिलाउन सरकारले बालअधिकार ऐन ल्याउने तयारी गरिरहेको बताएकी छन्।

बिहीबार राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाको समग्र विकास गर्ने दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन्। मन्त्री कोइरालाले गरिवीका कारण धेरैजसो बालबालिका विभेदको सिकार भएकाले त्यसलाई अन्त्य गर्नका लागि पनि प्रतिबद्धता जनाइन्।

मन्त्री कोइरालाले बालअधिकार हनन् हुन नदिन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारिन्। उनले बालबालिका भोलिका देशका भविष्य भएको उल्लेख गर्दै उनीहरूको विकासमा विशेष चासो लिनु राज्यको संवैधानिक दायित्व भएको पनि स्मरण गराइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.