|

काठमाडौं : हुम्लाको अदानचुली गाउँपालिका–६  पाल्सगाउँकी २२ वर्षीया  बिसु बुढाको सुत्केरी भए लगत्तै आधा घण्टापछि मुत्यु भएको छ।  सुत्केरी आमाको ज्यान गएको र बच्चा जिवितै रहेको स्थानीय बिर्ख बुढाले बताएका छन्। 

यसअघि स्वास्थ्यमा समस्या देखिएपछि ४ दिनअघि मृतक बुढालाई नजिकैको बारीगाउँ स्वास्थ्य चौकीमा लगिएको थियो। बिहीबार उनले साढे ३ बजे बच्चा जन्माएको स्वास्थ्यसंस्थाकी अनमी धनदेवी बोहोराले बताइन्।

तर सुत्केरी भए लगत्तै उनको ज्यान गएको थियो।  स्वास्थ्यसंस्थामा पर्याप्त औषधि  समेत नभएको र दक्ष स्वाथ्यकर्मीको अभाव भएका कारण आमालाई बचाउन नसकिएको अनमी बोहराले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.