|

इलाम : सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती माध्यमिक विद्यालयमा विज्ञान विषय पढाइ नै हुँदैन। कक्षा ९ र १० को विज्ञान पुस्तक नखोलेको पाँच महिना भयो।

विज्ञान पढाउने शिक्षक नहुँदा यहाँका विद्यार्थीले पढ्न नपाएका हुन्। कक्षा १० का विद्यार्थीको माध्यमिक शिक्षा परीक्ष(एसईई) नजिकिएको छ। विद्यालयमा कक्षा १० मा ३५ विद्यार्थी छन्। ‘बीएस्सी शिक्षक नहुँदा पढाइ ठप्प छ, प्रधानाध्यापक जनकलाल सापकोटाले भने।

शिक्षक नियुक्ति गर्न निर्वाचन आचारसंहिताले नदिएका कारण पढाइ हुन नसकेको उनको भनाइ छ। ‘गणित विषय पनि बीएड गरेका शिक्षकलाई पढाउन लगाएका छौं, मावि तहका विषय शिक्षक छैनन्’, उनले भने।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन, मंसिरमा तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका कारण तत्काल शिक्षक नियुक्त हुन गाह्रो छ। शिक्षक नियुक्ति गर्ने सम्भावना नभएपछि अब तीन महिनाका लागि निजी स्रोतमा शिक्षक राख्ने सोच बनाएको विद्यालयले बतायो। ‘तर दुई तीन महिनाका लागि पढाइदिन को आउँछ होला?’ प्रधानाध्यापक सापकोटाले भने, 'योग्य व्यक्ति भेट्नै गाह्रो छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.