|
फाइल फोटो

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव ३० भदौदेखि २ असोजसम्म मधेसका आठवटै जिल्ला भ्रमणमा जाँदै छन्। निर्वाचन आयोगका अनुसार स्थलगत भ्रमणमा जाने क्रममा डा. यादवले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने व्यक्ति र समूहसँग छलफल र भेटघाट गर्नेछन्।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको सीमाको अधिकतम सीमा तोक्ने तयारी गरेको छ। राजनीतिक दलका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै प्रमुख निर्वाचन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकेको सीमाभन्दा बढी खर्च गर्नु आचारसंहिता उल्लंघनसरह हुने बताएका थिए। उनले आयोगले तोकेकोभन्दा बढी खर्च गर्ने प्रवृत्ति देखिएको भन्दै राजनीतिक दल, उम्मेदवार निर्वाचनका सरोकारवाला सबै सचेत एवं जिम्मेवार हुनुपर्ने बताए।

सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आर्थिक अवस्थालाई ध्यान दिई कम खर्चमा निर्वाचन गराउन आवश्यक रहेको उल्लेख गरे। उनले खर्चको पारदर्शिताले राजनीतिक दललाई जवाफदेही र उत्तरदायी बनाउन मद्दत गर्ने भएकाले दलहरू तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिले राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको हद तोक्दा निर्वाचन क्षेत्रको आकार, जनसंख्या, बजार मूल्यसमेतलाई ध्यानमा राखी व्यावहारिक रूपमा तोक्न उपयुक्त हुने धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.