|

काठमाडौं: नेपाल वायु सेवा निगमको एक मात्र बोइङ जहाज मर्मतपछि आज (शुक्रबार) काठमाडौं अवतरण हुने भएको छ। दुई महिनाअघि राष्ट्रिय ध्वाजवाहक बोइङ नियमित मर्मतका लागि  सिंगापुर पठाएकोमा शुक्रबार काठमाडौं ल्याउने तयारी निगमको छ।

मर्मतका लागि निगमले गत जुलाई २२ मा बोइङ सिंगापुर पठाएको थियो। पूर्ण रूपमा जहाज मर्मत सकिएकाले प्राविधिक र पाइलटको टोली सिंगापुर गएको र शुक्रबार नेपाल ल्याउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।  जहाज लिनको लागि महिला पाइलट सोनी राणा सहितको टोली सिंगापुर गएको छ। 'सोनी राणा सहतिको टोली जहाज लिनको लागि सिंगापुर गएको छ, आज जहाज लिएर आउने  कार्यतालिका छ' कंसाकारले थाहाखबरसँग भने।

मर्मतको अभावमा निगमको जहाज झण्डै दुई साता त्रिभुवन विमानस्थलमा ग्राउण्डेड भएको थियो। २८ वर्षअघि खरिद गरिएको बोइङमा निगमले पछिल्लो समय मर्मतमै बढी समय र पैसा खर्चनु परेको छ।

दशैको बेला व्यापार बृद्धिको अपेक्षा

गत वर्ष नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा सबै भन्दा बढी यात्रु बोक्न सफल भएको थियो। तर बोइङमा समस्या आएसँगै नेपाल एयरलाइन्स दोस्रो स्थानमा झरेको छ। यो समयमा भारतीय एयर जेट एयरले निगमलाई पछि पारेको छ।  

बोइङ मर्मतमा पठाएकै कारण निगमका आठ गन्तव्यमा कटौती गर्नुपरेको थियो। तर मर्मतपछि पहिलेकै तालिकाअनुसार उडान गर्ने निगमका महाप्रबन्धक कंसाकार बताउछन्। 'आज जहाज आएसंगै हामीले भोलि वा पर्सिबाट नै पुरानै तालिका अनुसार उडान भर्न सुरु गर्ने छौ' महाप्रबन्धक कंसाकारले थाहाखबरसँग भने। बोइङ मर्मतमा पठाउँदा निगमले दिल्ली, दोहा तथा मलेसियामा गर्दै आएको दैनिक उडानमा कटौती गरेको थियो।

बोइङ मर्मतमा लगेपछि आफ्नो उडान कायम राख्न निगमले भुटान एउयरलाइन्स लिजमा ल्याउने तयारी गरेको थियो। तर यो समयमा उसले भुटान एउयरलाइन्स लिजमा लिन सकेन। निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा अहिले भने दुई एयर बसबाट मात्रै अन्तर्राष्ट्रिय उडान भरेको छ।

दशैंको समयमा विभिन्न स्थानमा घुम्न जाने पर्यटक पनि बढी हुने भएकोले यो समयमा निगमको व्यापार वृद्धिमा सहयोग पुग्ने कंसाकार बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.