|

कास्की : पोखरा लेखनाथ महानगरपालिका २४ कास्कीकोटमा पोखरीमा डुबेर एक शिक्षकको मृत्यु भएको छ। विश्व ज्योति बोर्डिङ स्कुलमा नेपाली विषय पढाउने २१ वर्षीय शिवप्रसाद तिमिल्सिना पौडी खेल्ने क्रममा बिहीबार ठूली पोखरीमा डुबेर बेपत्ता भएका थिए।

तीनजना भएर पोखरीमा पौडी खेल्न गएको र त्यसमध्ये शिव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको थियो। शुक्रबार बिहान प्रहरी र स्थानीय बासिन्दाले खोजी गरी मृत फेला पारेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.