भूकम्पसम्बन्धी अध्ययनका लागि पार्क विशाल अध्ययन केन्द्र बन्ने दाबी

|

सिन्धुपाल्चोक : १२ वैशाख  ०७२ मा गएको महाविनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ दाह्रेगौडामा भूकम्प स्मृति पार्क निर्माणको काम सुरु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा निर्माण हुने पार्क वहुबर्षिय योजनामा निर्माण सम्पन्न हुने जनार्ईएको छ। पार्क निर्माण गर्नको लागि करिब १ अर्बको अनुमानित लागतको योजना बनाएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख युवराज पौडेलले जानकारी दिए।

‘पार्क निर्माण गर्न सहरी तथा भवन डिभिजन कार्यालयले डिपिआर र डिजाइनसमेत तयार गरिसकेको छ’ प्रमुख पौडेलले भने, ‘मंसिरसम्ममा डिपिआर पूर्ण रुपले तयार हुन्छ। अहिले घेराबारको काम सुरु भइसकेको छ।’ गत वर्षको बजेटले घेराबारको काम सुरु गरेको र यस वर्षको बजेटले निर्माण कार्यले तीव्रता पाउने भवन डिभिजन कार्यालयले जनाएको छ।

डिजाइनलाई मात्र ३५ लाख

स्थानीय भगवती सामुदायिक वनको ४१ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुनेछ। पार्कको डिजाइनको लागि मात्रै ३५ लाख रुपैयाँ खर्च भएको डिभिजन कार्यालयले जनाएको छ। ए नट आर्किटेकलाई भूकम्प स्मृति पार्कको डिपिआर जिम्मा दिइएको थियो। शिलान्यास भएको एक वर्षपछि भूकम्प स्मृति पार्ककोे निर्माण कार्यको थालनी भएको होे। पार्कको शिलान्यास पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले गरेका थिए।

यस्तो छ पार्कको एमिनेसन

आर्कटिकेच्रहरुले कल्पना गरेको पार्कको एमिनेसन सार्वजनिक गरेको छ।  अत्यन्तै आर्कर्षक रुपले तयार गरिएको एमिनेसनले सबैको मन झ्वाट्ट तान्नेछ। पार्कमा भूकम्प स्मृति भ्यु टावर, सूचना केन्द्र, रेस्टुरेन्ट, शौचालय लगायतको भौतिक सुविधाले पार्क सम्पन्न बन्नेछ। पार्कमा पानीको फोहोरा र त्योमाथि ग्लासको भर्‍याङ राखेर पानीमाथि हिँडेको कल्पना गर्न सक्ने मनमोहक संरचना निर्माण हुनेछ।  पार्कमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा स्टयाचु हुनेछ त्योमाथि कमलको फूल हुनेछ।

पार्क एउटा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना बनाइएको प्रमुख पौडेलले जानकारी दिए। भूकम्पसम्बन्धी अध्ययन गर्नेहरुका लागि यो एउटा विशाल अध्ययन केन्द्रको रुपमा विकास हुने जनाइएको छ। हाल नेपालमा गएका सबै भूकम्पको सूचना त्यहाँबाट लिन सक्ने व्यवस्था गरिनेछ।

पार्कमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्प गएको अनुभव हुने कोठाको समेत निर्माण हुनेछ। दैनिक २ सय बढीने टिकट लिएर पार्कमा प्रवेश गर्न सक्ने गरी पार्कको डिजाइन गरिएको छ। पार्कमा भूकम्पमा परी ज्यान गुमाएको १४ जिल्लाका सबैको नाम लेखिनेछ।

भूकम्प स्मृति पार्क साँगाचोकगढीकै समृद्धको आधार हो : नगरप्रमुख

भूकम्प स्मृति पार्कले चौतारा साँगाचोकगढी नगरपालिकाको विकासको एक दरिलो आधारको रुपमा स्थापित हुने चौतारा साँगाचोगढी नगरपालिकका प्रमुख आमानसिंह तामाङ बताउँछन्। ‘चौतारा साँगाचोगढी नगरपालिकको आफंैमा आत्मनिर्भर बन्ने कुनै आधार छैन।’ नगरप्रमुख तामाङले भने, ‘पार्कको निर्माणपछि पर्यटकको संख्यामा वृद्धि हुन्छ, जसले गर्दा नगरपालिका समृद्धको परिकल्पना गर्न सकिन्छ। त्यसैले पार्क निर्माण कार्यलाई तीव्रता दिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अनावश्यक खर्च गर्नुभन्दा पहिलो आवस्यक्ता के हो त्यसको पहिचान गर्न सिकौ ! के भुकम्प पिडित जसले हाल सम्म वासस्थान पाएका छैनन् तिनिहरू सबै त्यहा गएर पार्कमा स्द्यानमा बस्ने हो र? पहिले गास बास कपासको व्यवस्था गरौ अनि त्यसपछि पार्क उद्यान बनाउनु ! वाईहात दिमागको वाईहात सोच !