|

रुकुम : रुकुम अदालतमा पति पत्नीबीच हुने सम्बन्धबिच्छेदका मुद्दा बर्सेनी बढिरहेका छन्। पछिल्ला वर्षहरुमा अदालतमा मुद्दा भनेकै सम्बन्धबिच्छेदका हुने गरेका छन्। जसमा १४ देखि ५३ वर्षकी महिलासम्मले पनि अदालतमा सम्बन्धबिच्छेदका लागि निवेदन दिएका छन्।

मेलमिलाप हुन नसकेपछि पछिल्लो समय अदालतमा सम्बन्धबिच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत रुकुमका न्यायाधीश डण्डपानी शर्माले बताए। आर्थिक वर्ष २०७३/०७४ मा सम्बन्धबिच्छेद गराउन आउने महिलाको करिब आधा संख्या २० वर्षमुनिको थियो।

जिल्ला अदालतमा गत आर्थिक वर्षमा एक सय ६७ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा एक सय ४५ फर्छ्योट भएको थियो भने २२ वटा यस आर्थिक वर्षमा सरेको जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए।

जिल्लामा सम्बन्ध विच्छेदको सबैभन्दा ठूलो कारण बैदेशिक रोजगार र बालविवाह रहेको जिल्ला न्यायाधीश शर्माले बताए। त्यस्तै जनचेतनाको अभावमा पनि सम्बन्ध विच्छेदका घटना बढिरहेका छन्।

जिल्ला अदालतले गत आर्थिक वर्ष ६६ लाख ९७ हजार दण्ड जरिवाना उठाउनुपर्नेमा ३० लाख ३ हजार रुपैयाँ मात्र उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.