|


उदयपुर  इलाका प्रशासन कार्यालय कटारी उदयपुरले एक ८४ वर्षे वृद्धालाई नागरिकता दिएको छ। गाउँ घर घुम्ने क्रममा फेला परेकी कटारी नगरपालिका ५ तिनतले घर भएकी ८४ वर्षे जागो अधिकारी दनुवारलाई नागरिकता दिइएको हो।

इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेलले ८४ वर्षे वृद्धालाई नागरिकता प्रदान गरेको बताए। ‘कहिलेकाँही बजार क्षेत्रनजिकै रहेका गाउँमा जाने गर्दछु’ प्रमुख पौडेलले भने, ‘नागरिकता पाएको, नपाएको के छ, भन्दै समस्या बुभ्mदा वृद्धा नागरिकताविहीन भएको सुनियो, अनि बोलाएर प्रक्रिया पु¥याइ नागरिकता दिएका हौं।’

कान कम सुन्ने, आँखा नदेख्ने ती महिलाका पाँच छोरा छन्। ‘छोराले बाबुको नामबाट नागरिकता लिएका रहेछन्,’ प्रमुख पौडेलले भने, ‘कान्छा छोरासँग बस्ने जागोले नागरिकता नभएका कारण वृद्धा भत्तासमेत पाउनबाट वञ्चित रहिछन्।’

बुढेसकालमा नागरिकता पाउने भएपछि सानो स्वरमा बोल्ने ८४ वर्षे जोगोले हाँसेर खुसी व्यक्त गरेकी थिइन्। हिँडडुल गर्न नसक्ने वृद्धा आमाले राज्यबाट पाउने जेष्ठ नागरिक भत्ता लगायतका धेरै सेवा सुविधाबाट वञ्चित भएको छोरा नन्दी कुमार दनुवारले बताए। ‘धेरैपटक आमाको नागरिकता बनाउने प्रयास गर्दासमेत कसैले पनि हाम्रो कुरा सुनेन,’ छोरा नन्दीले भने, ‘अब नागरिकता बनेपछि राज्यको सुविधा पाउनेमा ढुक्क भएका छौं।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.