|

एजेन्सी : बेलायतको राजधानी लण्डनमा स्थानीय समयअनुसार शुक्रबार बिहान अन्डरग्राउ ट्रेनमा बिस्फोट भएको छ। प्रहरीले आतंककारीले बम राखेको हुनसक्ने आशंका गरेको छ। घटनामा २२ जना गम्भीर घाइते छन्।

बिस्फोटपछि स्टेशनमा भागदौड मच्चिएको थियो। त्यसको केही समयपछि स्टेशन खाली गरियो। प्रहरीले खोजतलासीका क्रममा एक व्यक्तिलाई चक्कुसहित नियन्त्रणमा लिएको छ। महानगरीय पुलिस लण्डनले एक ट्वीटमा लेखेको छ,‘सुरुवाती जाँचपछि हामी यो भन्न सक्छौं। यो आतंकवादी हमला हो। यस विषयमा जाँच हुँदैछ। 

एक प्रत्यक्षदर्शीले हमाला भएको ट्रेनको डब्बामा वायर र केमिकल स्पष्ट देखिएको बताएका छन्। उनले ट्वीटरमा फोटो समेत शेयर गरेका छन्। बेलायती अखबर डेली मेलले एक प्रत्यक्षदर्शीको हवाला दिदैं लेखेको छ। ‘हामी ट्रेनको अगाडीको सिटमा थियौं। केही व्यक्तिहरु अखबार पढ्दै थिए। नजिकै एक सेतो कन्टेनर थियो। यसलाई डस्टबिन पनि भन्न सकिन्छ। यही डस्टबिटमा बम बिस्फोट भएको थियो। यसपछि कोलाहाल मच्चियो।'

बेलायतमा पछिल्लो समय आतंककारी हमला बढ्दो छ। बेलायती संसदभवन वेस्ट मिनिस्टर तथा केही समयअघि मात्रै भएको म्यानचेस्टर हमलामा थुप्रैले ज्यान गुमाएका थिए। 
लगातारको हमलापछि बेलायतले सुरक्षा व्यवस्था कडा पारेका बेला लण्डनमा हमला भएको हो। 
 

Emergency services are at the scene with onlookers reporting about 20 people were injured

A woman is led from the scene after receiving treatment for head injuries

Commuters reportedly fled the scene after a fireball came down a carriage with pictures of a suspected device appearing to show wires coming from a bucketA woman is led from the scene after being treated by paramedics amid reports 22 are injuredWires can been seen hanging out of bucket inside a carrier bagA woman wrapped in a blanket is helped by firefighters and paramedics this morning

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.