केमा कस्तो छुट?

|

काठमाडौँ: बिहीबारदेखि राजधानीमा सुरु भएको 'सुविसु क्यान कमटेक- २०१७' मा शुक्रबार दोस्रो दिन सर्वसाधरण तथा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। सञ्चार प्रविधि र सुरक्षा, सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कमटेक मेलामा सञ्चार प्रविधि र सुरक्षा प्रविधिका स्टलहरूमा अवालोकनकर्ताको विशेष आकर्षण देखिएको छ।

क्यान महासंघले दशैँको पूर्व सन्ध्यामा आयोजना गरेएको मेलामा कम्पनीहरूले आफ्ना अफरहरू सार्वजनिक गरेका छन्। कमटेकको शीर्ष प्रायोजक सुविसु केवलनेटले ल्याएको हाई स्पिड इन्टरनेरनेट र क्लियर टिभीमा विशेष छुट दिएको छ।

केमा कस्तो छुट?

सुविसुले कमटेकलाई लक्षित गर्दै एक हजार २०० रुपियाँमा ७ एमबीको अनलिमिटेड फाइबर इन्टरनेट ल्याएको छ। साथै ६० एमबीपीएसको इन्टरनेट दुई हजार १००, ३० एमबीपीएसको इन्टरनेट एक हजार ७०० र १० एमबीपीएसको इन्टरनेट एक हजार ४०० रुपियाँमा उपलब्ध गराएको छ।

नेपाल टेलिकमले फ्रि सिम अफर राखेको छ। टेलिकमले ५० रुपैयाँमा ५० रुपैयाँकै ब्यालेन्स भएको जीएसएम प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ। यो सिममा फोरजी इन्टरनेट सेवा पनि उपलब्ध गराइएको छ।

नेटिसले पछिल्ला मोडलका राउटर र स्विचहरूमा छुट दिएको छ भने हाईसेन्सले स्मार्ट टिभीसहित विभिन्न विद्युतीय उत्पादनहरूमा छुट दिएको छ। प्रदर्शनीकै अवसर पारेर सागर ग्रुपले चारओटा अन्तर्राष्ट्रिय ब्राण्ड नेपालमा भित्र्याएको छ।

त्यस्तै, सनराइज बैंकले मेलामा आउने अवलोकनकर्ताका लागि २०० रुपैयाँको बैंक खाता नि:शुल्क खोलिदिएको छ। यसका लागि ५० रुपैयाँको प्रवेश टिकट भने काट्नुपर्नेछ। मेलामा 'खल्ती पेमेन्ट सिस्टम'ले हरेक दिन लक्की ड्रमार्फत् २० इन्चको टिभी उपहार दिइरहेको छ।

यसरी नै दराज एपबाट ल्यापटपको खरिदमा ३० प्रतिशत छुटका साथै ६ महिना निःशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। राजेश मोबाइल स्टोरले सीजी, एमआई, ओप्पोलगायतका फोनहरूमा आठदेखि १२ प्रतिशतसम्मको छुट दिनुका साथै नि:शुल्क बीमासमेत उपलब्ध गराएको छ।

क्यान कमटेक मेला असोज १ गतेसम्म सञ्चालन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.