|
फाइल फोटो थाहाखबर

दमक: अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भुटानी शरणार्थीले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।

अमेरिकाको राजधानी न्यूयोर्कमा हुने ७२औँ महासभामा नेपाल रहेका स्वदेश फर्कन चाहने शरणार्थीको मुद्धा संघ समक्ष राखेर दीर्घकालीन समाधानका लागि ज्ञापनपत्र बुझाइएको हो। भुटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता तथा सहसंयोजक सन्तवीर घलेले हस्ताक्षर गरेको पत्र शुक्रबार ईमेल र हवाई कुरियर मार्फत् पठाइएको हो।

प्रवक्ता घलेका अनुसार लामो समयदेखि स्वदेश फर्कन चाहने शरणार्थीहरूको मुद्धा ओझेलमा परेको छ। संयुक्त राष्ट्रसंघको सभामा शरणार्थीको स्वदेश फिर्ती मुद्धालाई प्राथमिकतामा राखेर भुटान सरकारलाई दवाब दिए आफूहरू स्वदेश फर्कन पाउने घलेले बताए। ‘हामीले वर्षौ‌देखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या उठाइदिए कतै हामी फर्कन पाउने थियौँ कि!', उनले भने, 'प्रधानमन्त्रीसँग यही कुरा राख्न हामीले पत्र पठाएका हौँ।’

यसअघि पनि धेरै पत्र प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बुझाए पनि आफूहरूको समस्याको दिगो समाधान नभएको उनले गुनासो गरे। 

हेर्नुहोस् ज्ञापनपत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.