|

नेपालगन्ज : उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जले सवारी साधन संचालन अनुमति (लाइसेन्स) नभएका र बिना दर्ता संचालनमा रहेका टेम्पो र ई–रिक्सा संचालन हुन नदिन यातायात व्यवस्था कार्यालय, भेरीको नाममा परमादेश जारी गरेको छ। बाँकेका कानून व्यवसायीले यातायात व्यवस्था कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर, इजलास नेपालगन्जले शुक्रबार यस्तो आदेश जारी गरेको हो।

अधिवक्ताहरु विकास आचार्य, बासुदेव ज्ञवाली, ध्रुव बस्याल, विश्वजीत तिवारी लगायतले उच्च अदालत तुल्सीपुर, नेपालगन्जमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले यस्तो परमादेश जारी गरेको हो।

अदालतको आदेशपछि गाउँपालिका र नगरपालिकामा दर्ता भएका टेम्पो र अटो रिक्सा यातायात व्यवस्था कार्यालयमा दर्ता नहुँदासम्म संचालन हुन नपाउने भएका छन्। त्यस्तै, सवारी साधन चालक अनुमति पत्र नलिएका व्यक्तिले उक्त साधन संचालन गर्न नपाउने भएका छन्।

अटो र टेम्पोको व्यवस्थापन गर्न नसक्दा यी सवारी साधनका कारण नेपालगन्जमा सडक जाम हुने र लाइसेन्स नलिएका व्यक्तिले चलाउँदा दुर्घटनाको जोखिम बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.