|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहअन्तर्गत अन्य प्रदेशमा जस्तै प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन्। उनले एमालेलाई मधेसबाट बडार्छु भन्नेहरु आफैं बडारिने बताए। 

‘मधेसको भोट कुच्चोले बढारेझैँ एमालेले बडार्नेछ,’ महोत्तरीको बर्दिवासमा आयोजित चुनावी सभामा ओलीले भने,‘नेकपा एमाले मधेस विरोधी पार्टी नभएर देशभक्त राष्ट्रवादी पार्टी हो।’

उनले कांग्रेर, माओवादी र मधेस केन्द्रित दलहरुले जनतालाई अल्मल्याउन खोजेको आरोप लगाए।‘अब जनता अल्मलिंदैनन्,’ओलीले भने,‘एमालेको चिन्हमात्रै सूर्य हैन सूर्य जस्तै उज्याला निति र विचारहरु लिएर एमाले अगाडि बढेको जनताले बुझेका छन्।’

पूर्व पश्चिम विद्युतीय रेल नेपालमा चलाउने कुरा गर्दा आफ्नो र एमालेको मजाक उडाइएको उनको गुनासो छ। ‘तर एमालेले रेल चलाएरै छाड्नेछ,’ ओलीले भने।

उनले नेपाली कांग्रेस थोत्रो पार्टी भइसकेको आरोप लगाए। ‘कांग्रेसलाई सबैले चिनेका छन्। कांग्रेस थोत्रो भइसकेको छ। माओवादी केटाकेटीले चिप्लेटी खेलेझैँ चिप्लिरहेको छ। पालो अब एमालेकै हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.