|

काठमाडौं :  असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ। विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन गरी दिनभर जाँच हुने गरेको छ।

खासगरी विस्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको संघीय प्रहरी एकाइ जनकपुरका एसएसपी सुवासचन्द्र चौधरीले बताए। तालिम प्राप्त कुकुरले सुँघेर विस्फोटक पदार्थ पत्ता लगाउँछ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत केही समूहले मतदाता तर्साउन सुतली बम तथा सिलिन्डर बम विस्फोट गर्दै आएका छन्।

सोमबार हुने निर्वाचनका लागि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विगतजस्तै तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। आठ जिल्लामा करिब ६८ हजार सुरक्षाकर्मी खटिनेछन्। सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा विभाजन गरिएको छ। सामान्यमा सात, संवेदनशीलमा नौ तथा अति संवेदनशील मतदान केन्द्रमा ११ जना प्रहरी खटाउने केन्द्रीय सुरक्षा समितिले तय गरेको छ। बाहिरी घेरामा सेनाले समेत सुरक्षा प्रदान गर्नेछ । त्यस्तै, दुई ठाउँमा सेनाको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।

कतिपय स्थानीय तहमा थोरै मत अन्तरले हारजित हुने भएकाको हार्ने निश्चित भएपछि फेरि मतदान गराउन योजनाबद्ध रूपमा नै मतपत्र च्यात्न सक्ने जोखिमको सूचना पाइएको एक प्रहरी अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.