|

धनकुटा : भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि आइतबार बिर्तामोड युनाइटेड क्लब झापा र डिभाइन ब्वाइज युनियन क्लब काठमाडौंबीच भिडन्त हुँदैछ। खेल धनकुटाको तल्लो टुँडिखेलमा साढे दुई बजे सुरु हुनेछ। बिर्तामोड युनाइटेड फ्यान्स क्लब बीआरसी भुटानलाई हराउँदै फाइनलमा पुगेको हो। बेलबारी फुटबल क्लब मोरङलाई हराउँदै डिभाइन ब्वाइजले बिर्तामोडसँगको भेट पक्का गरेको हो।

शनिबार हुने भनिएको फाइनल खेल झापाको विर्तामोड युनाइटेड क्लब मोरङको लक्ष्मीमार्गमा जारी बेलबारी गोल्डकपको फाइनल खेल खेल्न जाने भएपछि आइतबारलाई सारिएको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए । बिर्तामोड युनाइटेड ए डिभिजन लिगका खेलाडीहरूको बाहुल्य भएको टिम हो। यस्तै डिभाइन ब्वाइज युनियन क्लब काठमाडौ नाइजेरियाली खेलाडीको बाहुल्य भएको टिम हो।

प्रतियोगिताको विजेताले गोल्डकपसहित नगद एक लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक प्रधानले बताए । कांग्रेसका नेता भीमनारायण श्रेष्ठको नाममा २०५५ मा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ। सरकारले श्रेष्ठलाई करिब एक वर्षअधि मात्रै शहीद घोषणा गरेको हो।

*आयोजकले खेल प्रतियोगिता सरेको जानकारी दिएपछि समाचार सच्याइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.