|

सुर्खेत : सुर्खेत  जिल्लाको पश्चिम भेगमा पर्ने विकट चौकुने गाउँपालिकामा सडक मर्मतका लागि स्थानीय लगाम माध्यमिक विद्यालयका विद्यार्थी जुटेका छन्। बर्खाको भेलले बिगारेको सडक मर्मत गर्न  कसैले चासो नदेखाएपछि  विद्यार्थी अघि सरेका हुन्।

हरेक दिन हिँड्नुपर्ने सडक मर्मतका लागि कसैले चासो नदेखाएका कारण आफूहरु जुटेको लगाम माविका विद्यार्थी कमल सुनारले बताए। ‘ बाटो बिग्रेका कारण विद्यालय ओहोरदोहोर गर्नसमेत समस्या भयो’, उनले भने, ‘कोही अघि नसरेपछि हामीले नै पहल गर्यौं।

चौकुने गाउँपालिकाको सिमल खेतदेखि लगामसम्मको सडक अबरुद्ध हुदा विद्यार्थीले सडक निर्माण गर्ने जाँगर देखाएपछि स्थानीय बासिन्दा र शिक्षकले समेत साथ दिएका थिए । 

शिक्षक टंक थापाले विद्यार्थीलाई सघाउन अाएको बताए। ‘विद्यार्थीहरू नै बाटो मर्मतमा लागेपछि हामीले हेरेर बस्न सकेनौं’, उनले भने, ‘त्यसैले सघाउन आयौं। विद्यार्थीहरूको यो काम समाजका लागि ठूलो पाठ भएको उनले बताए।

अहिले पनि सुर्खेत जिल्लाका पश्चिम क्षेत्रका अधिकांश मुख्य सडक नै अस्तव्यस्त हुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.