|

काठमाडौं : संकटा वाइन एण्ड बेभरेज प्रालिले क्यानभास नामको नयाँ वाइन सार्वजनिक गरेको छ। उक्त वाइनको शुक्रबार वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले सार्वजनिक गरेका हुन्। स्वीट रेड, ड्राइ र स्वीट ह्वाइट गरी उत्पादिन तीन किसिमको वाइनको बजार मूल्य ४ सय ९० तोकिएको छ।

क्यानभास वाइन तयार गर्न भारतको नासिकबाट संकटा वाइन एण्ड बेभरेजका प्राविधिकले परीक्षण गरेको अंगुर आयात गरिने उत्पादकले जानकारी दिएको छ। उसले प्राविधिक परीक्षणपछि अंगुर आयात गर्ने आफूहरुमात्र भएको दावी गरेको छ।

अहिले ७ सय ५० मिलिलिटरको बोतलमा वाइन उत्पादन गर्दै आएको संकटाले छिट्टै फ्यामिली र पार्टी प्याकमा पनि वाइन बजारमा ल्याउने जनाएको छ। संकटाले काभ्रेको नालामा रहेको प्लान्टमा युरोपेली प्रविधिबाट वाइन उत्पादन गर्दै आएको जानकारी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.