|

रुकुम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्को चुनावमा माओवादी देशको पहिलो शक्ति हुने बताएका छन्। गाउँगाउँमा स्थानीय सरकार आएसँगै माओवादीप्रति फेरि जनलहर चलेको भन्दै अर्को चुनावमा माओवादी केन्द्र पहिलो हुने बताएका हुन्।

नेकपा माओवादी केन्द्र पूर्वी रुकुमद्वारा शनिबार रुकुमकोट्मा आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन्। पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो भए पनि जितको उन्मादले मात्तिँदा तेस्रो भएको बताए।

बिग्रिएको पार्टी सुधार गरेर अहिले फेरि नयाँ उचाइमा पुर्‍याएको भन्दै मधेसदेखि हिमालसम्म फेरि माओवादीप्रती जनता जागेको बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.