|

कावासोती : जिल्लाको हुप्सीकोट गिरुबारीमा शनिबार सम्पन्न ३३ औ‍ं‌ युनाइटेड कप फुटबल प्रतियोगिताको उपाधि वसन्त आदर्श युवा क्लव काठमाडांैले जितेको छ। नमुना युवा समाज मध्यबिन्दुलाई २–१ ले हराउँदै आर्दश युवा क्लबले उपाधि जितेको हो। 

आदर्श युवा क्लबका लागि कमल थापाले खेलको सुरुवाती १६ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। २ जना विदेशी खेलाडी सहित मैदानमा उत्रिएको नमुना समाजलाई आदर्श युवाले निरन्तर दबावमा राखेको थियो। 

दोस्रो हाफको ५ औ मिनेटमा आदर्श अनिल गुरुङले थप एक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। नमुना समाजका लागि दोसा्रे हाफको १४ औ मिनेटमा विमल रानाले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन।    

युनाइटेड युवा क्लब गिरुवारीको आयोजनामा भदौ २ गतेबाट सुरु भएको खेलमा उपाधि विजेता आदर्श युवा समाजले शिल्ड, प्रमाणपत्र र ट्रफीसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ  जितेको छ। त्यस्तै उपविजेता नमुना समाजले  शिल्ड प्रमाणपत्र , र ट्रफीसहित ६६ हजार ६ सय ६६ रुपैयाँ  हात पार्‍‍यो। 

विजयी खेलाडी र टिमलाई प्रमुख अतिथी नेपाली कांग्रेसका नेता विष्णु कार्कीले पुरस्कार प्रदान गरे।  प्रतियोगिताको उत्कृष्ट खेलाडी नमुना युवा समाज सिम्रनीका सरोज थापा र सर्वाधिक गोलकर्ता डिही फुटवल क्लब नवलपरासीका सुधन थापा घोषित भए । दुवैले नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे। 

प्रतियोगितामा चितवन , रुपन्देही , कपिलबस्तु , पाल्पा , नवलपरासी ,काठमाण्डौ लगाएतका जिल्ला बाट बिस टिमको सहभागिता रहेको आयोजक युनाइटेड युवा क्लब गिरुवारीका अध्यक्ष हरि थापाले जानकारी दिए।  

ग्रामिण स्तरमा फुटवल खेलको प्रर्वद्धन र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विगत ३३ वर्षदेखि निरन्तर यो प्रतियोगिता आयोजना हुँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.