|

सिन्धुपाल्चोक : नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भोटेकोशी गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार पौडेल पछिल्लो समय फरार छन्। प्रहरीले सुन तस्करीका मुख्य नाइके भन्दै उनलाई फरार सूचीमा राखेको छ। 

उनी फरार भएसँगै गाउँपालिककाकोे गाउँपालिकाको कामकाज प्रभावित भएको छ। ‘बिदामा बसेको भन्दै हुनुहुन्थ्यो। अहिले सुन तस्करीको नाईके भन्ने खुलेपछि कता पुग्नुभएको छ थाहा छैन,’ भोटेकोशी गाउँपालिककी उपाध्यक्ष डावुटी शेर्पाले भनिन्,‘जनताबाट निर्वाचित प्रतिनिधिको पहिलो काम जनतालाई सहज रुपमा सेवा दिनु हो। अध्यक्ष नै नभएपछि कामकाज प्रभावित बनेको छ।’ 

प्रहरीले काठमाडौंको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद गरेपछि भोटेकोशी गाउँपालिकका अध्यक्ष पौडेल फरार छन्। सुनसँगै पक्राउ परेका पेम्बा शेर्पा लगायतले प्रहरीसँग पौडेल नै सुन तस्करीका मुख्य योजनाकार रहेका बयानका दिएका थिए। 

‘सुन तस्करीको काण्ड बाहिर आएपछि जिल्ला प्रहरीलाई पनि पौडेलको खोजीमा सक्रिय रहन निर्देशन केन्द्रबाट आएको थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपनिरीक्षक मोहन पोखरेलले थाहा खबरसँग टेलिफोनमा कुराकानी क्रममा भने ‘तर, अहिले उहाँ सुन काण्डपछि कता हुनुहुन्छ भन्ने कुनै जानकारी नै आएको छैन। अझै फरार नै रहेको जानकारी प्राप्त भएको छ। जिल्लामा पनि खोजी कार्यलाई प्रहरीले तिव्र रुपले अगाडि बढाएको छ।’

नेपाली कांग्रेसबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेर चुनाव लडेका पौडेले कांग्रेसकै उम्मेदवारलाई हराएर भोटेकोशी गाउँपालिकाको अध्यक्ष चुनिउका थिए। चुनावमा उनले पैसाको खोलो नै बगाएको विपक्षीहरुको आरोप छ। 

सुन तस्करीको नाइकेको पौडेल हो भन्ने खुलेपछि सिन्धुपाल्चोक माओवादीमा खैलाबैल मच्चिएको छ।  पौडेल तातोपानी नाका नजिकको फुल्पिङकट्टीका बासिन्दा हुन्। नाकामा रहेर पौडेल पहिल्यैदेखि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

नाकामा कुनै समय सामान्य व्यापारीको रुपमा चिनिएका पौडेल ‘हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघ’ का पूर्वअध्यक्ष समेत हुन्। उनी यसअघि तातोपानी नाकाबाट उपभोग्य सामाग्रीका साथै सुन, रक्तचन्दन लगायतको व्यापारमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.