|

भक्तपुर : बढी भोल्टेजका कारण चाँगुनारायण–४, नारायणटारमा  ट्रान्सफरमर पड्केर विद्युत सट हुँदा आज एक युवकको मृत्यु भएको छ। नारायणटारस्थित अनिल ढुंगानाको निर्माणाधीन ट्रस्टमा वेल्डिङको काम गरिरहेका सिन्धुपाल्चोक तौथली घर भइ हाल भक्तपुर बस्ने १९ वर्षिय सन्तोष श्रेष्ठको मृत्यु भएको हो।

वेल्डिङको काम गर्दा गर्दै अचानक भोल्टेज बढी भई करेण्ट लागेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा  उनको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

बढी भोल्टेजका कारण स्थानीय बासिन्दाको घरघरमा समेत क्षती पु¥याएको स्थानीय सञ्चारकर्मी विकास थापा ‘प्रहर’ले जानकारी दिए। उनका अनुसार बढी भोल्टेजको तार चुँडिएर नजिकमा रहेको अर्को तारमा जोडिन पुग्दा दुर्घटना भएको हो। 

उच्च विद्युत प्रवाह हुँदा स्थानीयको विद्युतका मिटर, टेलिभिजनका साथै अन्य विद्युतका उपकरणमा समेत क्षति भएको छ। घटना लगत्तै महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.