|

धनकुटा : शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि आइतबार बिर्तामोड युनाइटेड क्लब झापा र डिभाइन ब्वाइज युनियन क्लब काठमाडौंबीच भिडन्त हुँदैछ। खेल धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा साढे दुई बजेदेखि हुनेछ।

बिर्तामोड युनाइटेड फ्यान्स क्लब 'बीआरसी' भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने बेलबारी फुटबल क्लब मोरङलाई हराउँदै डिभाइन ब्वाइज युनियन क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको हो।

शनिबार नै हुने भनिएको फाइनल खेल झापाको बिर्तामोड युनाइटेड क्लब मोरङको लक्ष्मीमार्गमा जारी बेलबारी गोल्डकपको फाइनल खेल खेल्न जाने भएपछि आइतबारलाई सारिएको आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए।

बिर्तामोड युनाइटेड 'ए' डिभिजन लिगका खेलाडीहरूको बाहुल्य भएको टिम हाे। डिभाइन ब्वाइज युनियन क्लब काठमाडौंमा नाइजेरियाली खेलाडीको बहुलता भएको टिम हो।

प्रतियोगिताको विजेताले गोल्डकपसहित नगद एक लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.