|

पर्वत : म्याग्दीमा अाइतबार तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता सुरु हुँदैछ।  प्रतियोगिता सदरमुकाम बेनी बजारस्थित मैदानमा सञ्चालन हुनेछ।

प्रतियोिगताका लागि अर्थ संकलन, प्रचारप्रसार, खेलकुद मैदान व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरिएको मूल संयोजक सचिन शाक्यले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुनेले एक लाख २५ हजार, द्वितीयले ७० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिनेले १५ हजार र अनुशासित टिमले १० हजार रुपैयाँ पाउनेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलकर्ता, गोलरक्षक, स्टाइकर, मिडफिल्डर, डिफेण्डरलाई ६\६ हजार रुपैयाँ दिइने प्रतियोगिताका आर्थिक संयोजक नन्दु पाइजाले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.