|

सप्तरी : वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा असोज २ गते मतदान नहुने भएको छ।

सप्तरीका जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले राजविराज- १५ को निर्वाचन स्थगित गरिएको जानकारी दिए। आयोगले केन्द्रबाटै निर्णय गरेपछि नयाँ मिति तोकिने उनको भनाइ छ।

राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) तर्फबाट राजविराज- १५ को अध्यक्षमा उम्मेदवारी दिएका महन्थी यादवको ब्लड क्यान्सरबाट शनिबार मृत्यु भएको थियो। उनी विगत ५ वर्षदेखि रक्त क्यान्सरबाट पीडित थिए।

स्वर्गीय यादव २०५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनी देउरी भरुवा गाविस अध्यक्षमा निर्वाचित भएका थिए। संविधान संशोधनको मागमा एमाले अनुदार देखिएको भन्दै यादव केही महिनाअघि राजपा प्रवेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.