साहित्य

प्रोल्लासको ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक
SHARES

असोज १, २०७४

    काठमाडौं : साहित्यकार प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक भएको छ।

    उपन्यासकार एवं कवि सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ लाई कवि डा. नवराज लम्साल, कवि श्यामल, लेखक कुमारी लामा र प्रकाशक मणि शर्माले कालिकास्थानस्थित सर्वनाम नाटकघरमा संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

    कवि श्यामल र साहित्यकार डा. नवराज लम्सालले सिन्धुलीयका कविताले मानवतालाई छोएको टिप्पणी गर्दै जातीय संकीर्णताभन्दा वर्गीय पक्षधरतालाई साहित्यले स्थान दिनुपर्ने बताए। तर लेखक कुमारी लामाले भने जातीय पहिचानलाई चटक्कै बिर्सने ध्येय मनासिव नहुने तर्क राखिन्।

    कवि सिन्धुलीयले आफ्ना कवितालाई बाहुनवादसँग जोडेर हेर्नु गलत भएको दावी गरेका थिए। उनले कविता मार्फत जातीय र सांस्कृतिक द्वन्द्वभन्दा साझा नेपालीत्व र समृद्धिको कल्पना गरिएको बताए।

     कविता संग्रह सार्वजनिक कार्यक्रममा उक्त संग्रहबाट हरिमाया भेटवाल, जय गौडेल, ज्योति जङ्गल, लीला अनमोल र हेम प्रभासले कविता वाचन गरेका थिए।

    सिन्धुलीयको ‘जन्मजात बाहुनको विज्ञप्ति’ कविता संग्रह सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो।

    पढ्नुस् : कवि प्रोल्लास भन्छन्, 'जातीय होइन, वर्गीय विभेदविरुद्ध हो जन्मजात बाहुनको विज्ञप्ति'

                एउटा कविको उपन्यास यात्रा : यसरी लेखियो 'शून्य डिग्री'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]