|

काठमाडौं : लोकदोहोरी तथा तीज गीतबाट चर्चा कमाएकी गायिका मञ्जु पौडेलले 'आयो दसैं' बोलको दसैं गीत बजारमा ल्याएकी छिन। उद्घोषणमा समेत चर्चा कमाएकी मञ्जुको दसैं विशेष गीत युटुबमार्फत सार्वजनिक गरिएको छ।

कला, संस्कृतिको संरक्षणमा गीतमार्फत योगदान दिँदै आएकी मञ्जुले यो गीतमा पनि निकै मेहनत गरेको बताउँछिन्। हिन्दूहरूको महान पर्व बडादसैंको अवसरमा नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको पौडेलले बताइन्।

लोकनाथ सापकोटाले नै शब्द/सङ्गीत रहेको उक्त गीतमा मञ्जु पौडेल र लोकनाथ सापकोटाले आवाज दिएका छन्। बिएमएस म्युजिकले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियोमा गायक/गायिका दुवैले अभिनय गरेका छन्।

हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.