|

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलाई अदालतले आजीवन काराबासको सजाय दिएको छ। सैनिक कूबाट सत्ताच्युत गरिएका मोर्सीलाई मोर्सीलाई सन् २०१६ जुनमा आजीवन काराबासको सजाय दिइएको थियो।

मोर्सीका वकीलले उक्त सजायविरुद्ध इजिप्टको उच्च पुनरावेदन अदालतमा पुनरावेदनको निवदेन पेश गरेका थिए, जुन खारेज भयो र आजीवन काराबासको सजाय सदर गरियो। सीसीको मुद्दामा अदालतले गरेको यो अन्तिम फैसला हो र यसमा पुनरावेदन गर्न मिल्ने छैन।

मोर्सीलाई राष्ट्रपति पदमा रहेको बेला अति संवेदनशील दस्तावेज कतारलाई दिएको मुद्दामा दोषी पाइएपछि आजीवन काराबासको सजाय सुनाइएको थियो। ती दस्तावेजमा राष्ट्रिय सुरक्षा र गुप्तचरका सूचना रहेका थिए। त्यस्तै सैनिक र राष्ट्रिय रणनीतिका दस्तावेज पनि चुहाइएकोमा उनी दोषी पाइएका थिए।

अदालतले सोही मुद्दाका तीन आरोपीलाई मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरु मोर्सी अध्यक्ष रहेको तत्कालिन पार्टी 'मुस्लिम ब्रोदरहुड'का स्थायी तहका वरिष्ठ नेता हुन्।

मोर्सी सन् २०११ मा इजिप्टमा भएको जनआन्दोलनपछि जनताबाट निर्वाचित राष्ट्रपति भएका थिए। उनलाई सन् २०१३ को मध्यतिर तत्कालिन सेना प्रमुख अब्देल फतेह अल सीसीले बर्खस्त गर्दै आफै राष्ट्रपति भएको घोषणा गरेका थिए। सीसी अहिले पनि राष्ट्रपतिको पदमा आसिन छन् भने मोर्सीको पार्टीलाई असंवैधानिक घोषणा गरिएको छ भने त्यसका नेतालाई मुद्दा चलाइनुका साथै मृत्युदण्ड दिइएको छ। सीसी राष्ट्रपति भए लगत्तै मोर्सीलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।

इजिप्टको कानुन अनुसार जन्मकैद पाएको व्यक्तिले २५ वर्ष जेल जीवन बिताउनु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.