|

काठमाडौं : हिन्दू नेपालीहरुको ठूलो पर्व दसैं र तिहारको अवसर पारेर काठमाडौंको एप्पल वर्ल्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षित गरी ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ।

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो। ग्राहकले हरेक मोबाइलको खरिदमा केही न केही उपहार पाउनेछन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन्।

मोबाइलका मोडल हेरी ६० प्रतिशतसम्म छुट पाइने एप्पल वर्ल्डले जनाएको छ। बम्पर उपहार स्वरुप एकजनाले ‘आरवान फाइभ बाइक’, एक जनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने एप्पल वर्ल्डका म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए।

यहाँ जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकले पाउने छन्। हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने म्यानेजर ठकुरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.