|

दार्चुला : महाकाली नगरपालिको नगरसभाले विभिन्न क्षेत्रमा काम गर्नका लागि कोष स्थापना गर्ने, वडाहरुलाई बजेट दिने तथा सडक निर्माणका योजनालाई प्राथमिकता दिँदै पहिलो सभा सम्पन्न गरेको छ।

पहिलो नगरसभाले झन्डै तीन करोडका २० कोष स्थापना गर्ने योजना बनाएको छ। १० वटा विशेष कोषका लागि ९७ लाख र १० शीर्षकका समपुरक कोषका लागि २ करोड २ लाख ५० हजार गरी २ करोड ९९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

नगरसभाले वडाहरुमा जाने बजेटमा पनि प्राथमिकता दिएको छ। सभाले नौ वटै वडाहरुका लागि ३ करोड ७८ लाख ७५ हजा ६ सय रुपैयाँ विनियोजन गरेको छ भने पूर्वाधार विकासतर्फ सडक निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

नगरसभाले खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सम्पन्न गर्न मात्रै १० लाख रुपैयाँ विनियोजन गरेको छ। जिल्ला सदरमुकाम क्षेत्र रहेको महाकाली नगरपालिकाको वडा नम्बर ४ को खलंगा बजारमा सयभन्दा बढी घरधुरीमा शौचालय तथा सेफ्टी ट्यांकी निर्माण गर्न बाँकी रहेपछि जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने अभियान चार पटकसम्म मिति तय गरेर अलपत्र परेको छ।

सन् २०१६ मा गरिनु पर्ने खुला दिशामुक्त क्षेत्र घोषणा अझै हुन सकेको छैन। जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितिको एक साता पहिले बसेको बैठकले बजारमा शौचालयहरुको अवस्था अनुगमन गरी त्यसको बारेमा ठोस कदम चाल्दै सन् २०१७ भित्रै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.