|

गोरखाः गोरखा सदरमुकाममा नक्कली नोट भेटिएको छ। गोरखा नगरपालिका– ७ नयाँ बजारको ओम शंकर स्टोरमा सामान किन्दा ग्राहकले नक्कली नोट दिएर गएको स्टोरका प्रोप्राइटर प्रेम श्रेष्ठले जानकारी दिए। 

‘चाडवाड आयो, मानिसहरूको बजारमा आवातजावत बढेको छ’, उनले भने, ‘पसलमा सामान किन्न आउनेहरू पनि बढेका छन्। कसले दियो भन्ने थाहा भएन।’ बेलुका पैसा मिलाउने बेलामा अरू हजारको नोटभन्दा फरक देखेर जाँच्दा नक्कली भएको उनले थाहा पाएको बताए।

उक्त नक्कली नोट सक्कलीभन्दा केही चिप्लो र त्यहाँ भएका रङ चम्किलो छ। त्यस्तै उक्त हजारको नोटको सेतो भागमा छायामा लालीगुराँसको तस्बीरसमेत छैन।

उनले नक्कली नोट हुनेले केही सामान किन्दै पैसा साट्दै गरेको अनुमान गरे। केही दिनअघि मात्रै सदरमुकामकै जनमुखी उपभोक्ता सहकारीमा पनि एक हजार रुपैयाँकै नक्कली नोट भेटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.