|

झापा: बिर्तामोडका होटलहरूमा हुने देह व्यापारमा संलग्लाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

होटलका सञ्चालकहरूले आर्थिक प्रलोभनमा पारेर देह व्यापारमा लगाएर पैसा नदिएको भन्दै युवतीहरूले प्रहरीमा उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

होटलमा देह व्यापार गर्ने र पैसाको प्रलोभनमा परेर यौनधन्दमा युवतीहरूलाई जबर्जस्ती लगाउने अनि पैसा नदिने गरेको उजुरीका आधारमा प्रहरीले बिर्तामोडका केही होटल सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिर्तामोडस्थित सिर्जना होटल सञ्चालन गर्ने सुष्मा भनिने सुर्जीकुमारी थारू, त्यही होटलमा सहयोग गर्दै आएका सुजन शंकर र होटलका व्यवस्थापक सोनु भनिने बाबा लिम्बू रहेका छन्।

उनीहरूलाई प्रहरीले मानव बेचबिखनअन्तर्गतको मुद्दा चलाएको छ। सोल्टी होटलका सञ्चालक राम बोहोरा फरार रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

उनीहरूलाई यौन कार्यमा लगाइएका युवतीहरूले पैसा दिन्छु भनेर यौन शोषण गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए। यीसँगै झापामा मानव बेचबिखन, जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागूऔषध, ज्यान मार्ने उद्योग, चोरीका मुद्धासमेत बढ्दै गएको डीएसपी सिलवालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.