|

काठमाडौं : सरकारले पछिल्लो एक वर्षमा तीन अर्ब रुपैयाँभन्दा बढीको सवारीसाधन खरिद गरेको छ। निजी सवारीसाधनमा अधिक कर्जा प्रवाह भई तरलता अभाव भएको भन्दै सवारी कर्जामा कडाइ गरेको सरकारआफैंले अर्बौंको सवारीसाधन किनेको पाइएको हो।

यो अवधिमा वागमती अञ्चलमा मारुती सुजुकीको अल्टोदेखि मर्सिडिज बेञ्जसम्म सरकारी सवारी किनेको पाइएको छ। सरकारले आर्थिक वर्ष २०७३\७४ मा वागमती अञ्चलमा मात्र आठ सय ७९ वटा चारपाङ्ग्रे सवारीसाधन खरिद गरेको तथ्यांक छ। यी सवारीसाधनको औसत मूल्य ३५ लाख राख्ने हो भने सरकारले यो अञ्चलका लागि करिब तीन अर्ब रुपैयाँभन्दा बढीको सवारीसाधन खरिद गरेको देखिन्छ।

सबैभन्दा धेरै सरकारी सवारी वागमती अञ्चलमै दर्ता हुनेगरी खरिद हुने गरेको छ। सरकारी प्रयोजनका लागि कस्तो र कति मूल्यसम्मको सवारीसाधन खरिद गर्ने भन्ने निश्चित मापदण्ड नहुँदा सरकारले १६ लाख रुपैयाँ पर्ने मारुती अल्टोदेखि सवा दुई करोड रुपैयाँसम्मका मर्सिडिज बेञ्ज खरिद गर्दै आएको छ। सरकारले सबैभन्दा धेरै कार, जीप, भ्यान र पिकअप सेगमेन्टका गाडी किन्ने गरेको छ। पिकअप सेगमेन्टको गाडी औसतमा ६० लाख रुपैयाँभन्दा बढी पर्छ।

यसअघि आव २०७२\ ७३ मा सरकारले नौ सय ४४ वटा सवारीसाधन किनेको थियो। सरकारले किन्ने गाडीमा धेरैजसो कार, जीप, भ्यान नै हुने गरेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.