|

जुम्ला : कर्णाली राजमार्ग खोलिएपछि जुम्लामा चामल अभाव हटेको छ। जुम्लास्थित खाद्य संस्थानको डिपोमा अहिले तीन सय क्विन्टल चामल रहेको कार्यालय प्रमुख रणबहादुर ऐरले बताए।

बजारमा चामल प्रशस्त हुँदा धेरैले त्यहीबाट किनेर खाने गरेकोले खाद्य संस्था एक दिनमा २०\३० जना चामल लिन खाद्य संस्थानमा आउने गरेको कार्यालय प्रमुख ऐरले जानकारी दिए। ‘जुम्लामा चामलको कमी छैन’, उनले भने, ‘बंगलादेशी उसिना ३१ रुपैयाँ, अरुवा मोटो ४० र मन्सुली ४९ रुपैयाँमा बिक्री गर्छौं।’ 

उनले चालु आर्थिक वर्षमा जुम्लाका लागि ६ हजार क्विन्टल चामलको कोटा रहेको बताए। द्वन्द्वका बेला बन्द भएका खाद्य डिपोबाट पनि चामल वितरण भइरहेको उनले जनाए। दशैंमा यहाँका दुर्गम गाविसका सर्वसाधारणलाई सस्तोमा चामल दिने भनेर डिपोबाट चामल वितरण भएको उनको भनाइ छ

जुम्ला खाद्य संस्थानबाट वितरण गर्न लागि दशै अघि ५ सय क्विन्टल चामल सुर्खेतबाट मगाइएको डिपोले जनाएको  छ।  जुम्लामा कोदो, चिनो, कागुनो, मार्से उत्पादन हुने भएकोले पनि खाद्यान्नमा समस्या नभएको जनाइएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.