|

दमक : झापामा आइतबार मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कनकाई ३ स्थित सुरुङामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका रितुकर्ण भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को४प९५२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर भट्टराईको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ। उनलको शव पोष्टमार्टमका लागि मेचीअञ्चल अस्पताल भद्रपुर लगिएको बताइएको छ। यस्तै दुर्घटना परी मोटरसाइकल चालक झाप गोधापका विजय रुसाल र पछाडीसवार जसोदा भुसालसमेत घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.