मूल्यमा २० प्रतिशत सस्तो र समयको बचत हुने दाबी

|

काठमाडौं: घर निर्माण कार्यमा नयाँ-नयाँ प्रविधि भित्रिरहेका छन्। निर्माण कार्यलाई कसरी सस्तो छिटो र सुलभ बनाउने भनेर अध्ययन अनुसन्धानहरु जारी नै छन्।विदेशी बजारमा प्रयोग भएको प्रविधि तथा सीप नेपालमा पनि भित्रने क्रममा जारी छ।

चीन लगायतका देशमा प्रयोग भइसकेको सीप गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेडले सुरु गरेको छ। जसअनुसार जग हालेर पिलर र बिम ढलान गरिसकेपछि छट बान्नु पर्ने मेसिन लिएर बालुवा र सिमेन्ट र गिटी मुछेर ढलान गर्नुपर्ने बाध्यता हटेको छ। यसको लागि कारखानामा पहिले नै ढलान गरिएका काठको फल्याक जस्तो प्रिकाष्ट स्ल्याब बिच्छ्याउन मिल्नेछ।

यसले समय र मूल्य दुवैमा राहत हुने गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन दुवाल बताउँछन्। 'मूल्यमा २० प्रतिशतसम्म सस्तो पर्छ त्यस्तै समयको बचत पनि हुन्छ' दुवालले थाहा खबरसँग भने।

कसरी गर्ने ढलान?

पिलर, बिम बनाएपछि स्ल्याब ढलान गर्नुको साटो कारखानामा पहिला नै बनाएर राखिएको प्रिकास्ट स्ल्याब राख्ने गरिन्छ। यसको प्रयोगको लागि बिम, पिलर मात्रै बनाउनुपर्छ। यसपछि फ्लोरको रुपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गरे पुग्छ। क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ।

यो १५ फिटसम्म लम्बाइको पाइन्छन्। पिलरको चौडाइ बढी पारे पनि हुने भई यसको प्रयोगले खर्चमा किफायती हुन्छ  अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको चौडाइ साधारणतया १५ फिट लम्वाईसम्म जाँदैन। १०/१२ फिटको कम दूरीमै राख्नुपर्छ।

गोरखा  पिकाष्टले मात्रै दुई फिट चौडाइ, एक सय २० एमएम (पाँच इन्च) मोटाइका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको सिइओ दुवाल बताउँछन्। उनका अनुसार लम्बाइ भने आवश्यकता अनुसारका पाइन्छन्।

गुणस्तरीय बन्छ त?

सयम र पैसाको बचत गर्न सकेता पनि यसको गुणस्तर कस्तो हुन्छ भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ। इन्जिनियर सरोज शाक्यले गुणस्तरमा कुनै श‌ंका मान्न नपर्ने बताउँछन्। विदेशमा वर्षौंदेखि यो टेक्नोलोजीको प्रयोग भएको र गुणस्तरीय मानिएको बताउँछन् शाक्य। उनका अनुसार यो परम्परागत ढलानभन्दा बढी बलियो हुन्छ। यसले परम्परागत स्ल्याब ढलानले भन्दा बढी तौल थेग्न सक्छ।  

परम्परागत ढलानभन्दा बढी हलुका हुनु यसको मुख्य विशेषता भएको उनी बताउँछन्। इन्जिनियरहरुका अनुसार परम्परागत ढलान २४ सयदेखि २५ सय प्रतिघनमिटरको घनत्व हुने हुन्छ भने यो १५ देखि १६ सय प्रतिघनमिटर मात्रै हुन्छ। यसको बीचमा प्वाल हुने भएकोले बढी हलुका हुने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.