|

बुटवल : रूपन्देहीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिकामा ना ५ ख ३१५९ नम्बरको बसलाई ना ७ ख ६९८ नम्बरको बसले ठक्कर दिँदा सल्यान खलंगा नगरपालिका-२ का २९ वर्षका सुजन परियार र सुर्खेत पञ्चपुरी नगरपालिका-५ का ५० वर्षीय भीमबहादुर सुनारको मृत्यु भएको हो।

परियारको घटनास्थलमै र सुनारको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइते ३ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। दाङ देउखुरी नगरपालिका बस्ने वर्ष ३६ कि सुमित्रा सुनारको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.