|

काठमाडौं : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाह्य टर्मिनलमा फुलको गुच्छा वितरण गर्नेहरुको भीड देखियो। आउने यात्रुलाई फुलको गुच्छाले स्वागत गरियो भने जाने यात्रुलाई बिदाइ।

तर यसरी बिदाइ र स्वागत गर्दा यात्रुहरु भने आश्चर्यमा परे। किनकी चिन्दै नचिनेको समूह आएर यसरी स्वागत तथा बिदाइ पहिलो पटक गरिएको थियो। 'नेपाली यात्रुले फ्रिमा पनि फूल बाँडिन्छ भन्दै आश्चर्य माने जस्तो गरे कतिपय विदेशीले स्वीकारेनन त्यहाँ फुल दिएर पैसा मागिने रहेछ' फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमारकसजु श्रेष्ठले भने।

फ्लोरिकल्चर एशोसिएसनमा आवद्ध पुष्प व्यवसायीले सोमाबार छ हजार यात्रुलाई पुष्प गुच्छाले स्वागत तथा बिदाइ गरेको श्रेष्ठ बताउँछन्। उनीहरुले गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै  यात्रुहरुको स्वागत तथा बिदाइ गरेका थिए।

किन बाँडियो फूल?

फ्यानको रजत जयन्तीको अवसर पार्दै त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट आउने र जाने पुष्प गुच्छा वितरण गरिएको हो। पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउनको लागि यस्तो कार्य गरिएको अध्यक्ष श्रेष्ठले बताए। स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य वस्तुको प्रयोग गरौं र वातावरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा पुष्प ब्यवसायको बजार प्रर्वद्धन गर्न यस्तो किसिमको जनचेतना मूलक कार्यक्रमले ब्यवसायीलाई फाइदा पुग्ने पुष्प व्यवसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष सञ्जीव कार्कीले बताए। खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य वस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.