|

रुपन्देही : अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्ने कपिलवस्तुका एक गाडी चालक ६ लाख भारतीय रुपैयाँ सहित पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ का ३० वर्षका सलिम मियाँलाई भारतबाट नेपाल ल्याउँदै गरेको ६ लाख भारतीय रुपैयाँ सहित इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो।

मियाँ र नगद भारतीय रुपैयाँ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग काठमाडौंमा सोमबार पठाइएको प्रहरी निरीक्षक सुवास गैरेले जानकारी दिए। विगत केही समयदेखि कपिलवस्तुमा भारतीय रुपैयाँको अवैध कारोबार बढेको सुराकीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। 

त्यसैगरी कृष्णनगर प्रहरीले सोमबार कुकुर भुक्का सीमानाकाबाट चोरी पैठारी गरी नेपाल ल्याउदै गरेको ३५ हजार बराबरको बेबारिसे कपडा फेला पारेको समेत प्रहरी निरीक्षक गैरेले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.