मनोरञ्जन

नानीको एकल नाटक 'जूनकिरी' असोज ३ र ५ मा पुन: मञ्चन हुने
SHARES

असोज २, २०७४

    काठमाडौँ: कलाकार नानी थापाको लेखन, निर्देशन र एकल अभिनय रहेको नाटक 'जूनकिरी' पुन: मञ्चन हुने भएको छ।

    जमलस्थित नाचघरमा गत भदौ २६ गतेदेखि झण्डै एक साता चलेको एकल नाटक जूनकिरीले दर्शकको ध्यान तान्न सफल भएपछि पुन: मञ्चन गर्न लागिएको हो। यही असोज ३ र ५ गते नाटक पुन: मञ्चन हुनेछ। दिउँसो २:१५ बजे र ५ बजे दुई सो प्रदर्शन हुने कलाकार नानी थापाले जानकारी दिइन्।

    जूनकिरी सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका- १४ मा रहेका ५६ घर भूकम्पपीडित माझी परिवारका लागि स्वेताश्री फाउन्डेसनले संचालन गरिरहेको एकीकृत माझी बस्ती विकास परियोजनाका निम्ति आर्थिक सहयोग जुटाउने अभियान स्वरूप गत भदौ २६ गतेदेखि असोज ५ गतेसम्म पुनः मञ्चन गर्न लागिएको कलाकार नानी थापाले बताइन्।

    लोटस स्कुल अफ फोटोग्राफी एण्ड भिडियोग्राफीको प्रस्तुति रहेको यस नाटकमा जूनकिरी र आकाशको जूनबीचका समानता र केही भिन्नतालाई प्रस्तुत गर्दै एउटी सामान्य गाउँकी युवती कसरी व्यावसायिक 'हाई प्रोफाइल कल गर्ल' हुन पुग्छे भन्ने देखाइएको छ। एक दशक जीवनकालको यात्रामा ऊसँग जोडिएका र छुट्टिएका केही पात्रहरूको कथा पनि सँगसँगै बुन्दै लगिएको छ।

    आँटिली र विद्रोही स्वभावकी पात्र जूनकिरी नाटकभित्र महिला सशक्तीकरणको एउटा दरिलो संदेश बोकेर पूरै समाज, कानुन, राज्य व्यवस्था र विश्व समुदायलाई नै कडा व्यंग्य गर्दै चुनौती दिन्छे। 

    नाटकमा साहित्यमा रुचि भएकी जूनकिरीले नाटकभित्र गीत, नृत्य, कवितालगायत विधामार्फत् अभिनयका नौवटै रसबाट पात्रको मनोवैज्ञानिक विचलन देखाइएको छ।

    आधुनिक युवा पुस्ताको सोच र अनेकन भ्रमहरूलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने विभिन्न समस्यालाई उनीहरु स्वयं, परिवार र समाजले सही ढंगले समाधान र सम्बोधन गर्नुपर्ने कुरा पनि नाटकमा उठाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]