|

हुम्ला : भारतीय राजदूत  मन्जित सिंह पुरी हुम्लामा  भ्रमण गरी सोमबार काठमाडौं फर्किएका छन्। उनले नेपाल र चीनको तिब्बतसँग जोडिएको हुम्लाको हिल्सा सिमानामै पुगेर त्यहाँको वस्तुस्थितिको  बारेमा जानकारी लिएका छन्।

भ्रमणका क्रममा राजदूत मञ्जिवसिंह पुरीले भारतीय नागरिकहरुले कैलाश मानसरोवर दर्शनको  लागि हुम्लाको सदरमुकाम सिमकोट भएर जाने अवस्थाको बारेमा समेत प्रत्यक्ष बुझेको भारतीय राजदूतवासका फस्ट सेक्रेटरी गणेश कर्णले बताए।

सोमबार  एक्कासी भारतीय राजदुत पुरी हुम्लामा आउनको कारणको बारेमा सोधिएको प्रश्नमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले भने,‘नितान्त आफ्नो व्यक्तिगत हुम्लाको भ्रमणमा आएको राजदुतले बताए। अन्य कामको बारेमा भने मलाई खुलाउनु भएन।’

आजै मात्रै हुम्लामा आफ्नो कार्यकक्ष सम्हाल्न भएका प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले विमानस्थलमा राजदुत पुरीसँग भेट भएको बताए।

हुम्लाको सिमनामा रहेको नेपाल र चीनबीच दीर्घकालसम्म नाका हिल्सा सिमकोट नाकार र लिमी लाप्चा नाका  स‌ंञ्चालन गर्ने बहस चलिरहेकोबेला राजदूतको यो भ्रमणलाई महत्वकासाथ हेरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.