|

महेश्वर अधिकारी-

    बारा : बाराको सिम्रौनगढ नगरपालिकामा स्थानिय तह तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मधेसवादी दलले अग्रता लिएका छन्। अहिले वडा नं. १ र ११ को मतगणना भईसकेको छ। प्रारम्भिक मतपरिणामअनुसार वडा नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले ५६ मत ल्याएको छ भने राजपाले ५५, संघीय समाजवादी फोरमले ४१ र माओवादी केन्द्रले २३ मत प्राप्त गरेको छ।

    त्यसैगरी वडा नम्बर ११ मा प्रारम्भिक मतपरिणामअनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ। फोरमले ९० मत ल्याएको छ भने राजपाले ३९, कांग्रेसले २३ र माओवादी केन्द्रले १० मत प्राप्त गरेको छ। त्यस्तै, फेटा गाँउपालिकामा वडा नम्बर १ मा प्रारम्भिक मतपरिणामअनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

    फोरमले ५६ मत ल्याएको छ भने कांग्रेसले ४८ लोकतान्त्रिक फोरमले ३०, माओवादी केन्द्रले २२ राजपाले र नेकपा एमालले १५/१५ मत प्राप्त गरेको छ। बाराको बारागढी ६ वटै पटक सुरु गरिएको छ। १ देखि ६ सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले २०५ मत सहित अग्रता लिएको छ। त्यसैगरी, संघीय समाजवादी फोरमले १५४ मत र नेकपा एमालले १२८ मत ल्याएको छ । बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ। जितपुरसिमरा उपमहानगरपालिकाको १ नम्बर वडाबाट मतगणना थालिएको छ।

     

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.